निर्वाचनकै मजाक हुने गरि सत्तारुढ दलहरुले गठबन्धन गरे : राजेन्द्र महतो

निर्वाचनकै मजाक हुने गरि सत्तारुढ दलहरुले गठबन्धन गरे : राजेन्द्र महतो


लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुने गरि सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोपसमेत लगाए । शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्नसमेत गरे । 

देश र दुनियाँले नबुझ्ने गरि सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाइ थियो । 

नेता महतोले दलीय सिष्टममा दलहरु आफैं निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको तर्क गरे । उनले स्थानीय तहमा आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि उल्लेख गरे ।

Logo