स्कुटर दुर्घटनामा चालकको मृत्यु

स्कुटर दुर्घटनामा चालकको मृत्यु


काठमाडौंको बबरमहलमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठको उपचारको क्रममा वीर अस्पतालमा राति पौने २ बजे मृत्यु भएको हो । 

बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर राति पौने १२ बजे अनियन्त्रितभई सडकको नालीमा पल्टिएको थियो । 

Logo