कास्कीमा कार र मोटरसाइकल ठोक्किँदा बाबु-छोरीकाे मृत्यु

कास्कीमा कार र मोटरसाइकल ठोक्किँदा बाबु-छोरीकाे मृत्यु


कास्कीको अन्नपूर्णमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन् । उनीहरूले कारका फरार चालकलाई पक्राउ गरि कारबाही गर्न माग गरेका छन्।

पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

Skip This
Logo