‘हरेक पाँचमध्ये एउटा घर्सने प्राणी लोप हुने खतरामा’

‘हरेक पाँचमध्ये एउटा घर्सने प्राणी लोप हुने खतरामा’


हरेक पाँचमध्ये एउटा घर्सने प्राणी लोप हुने खतरामा छन् । विश्वभरका १० हजारभन्दा बढी प्रजातिहरूको पहिलो बृहत मूल्यांकनपछि यस्तो विवरण सार्वजनिक भएको हो । वैज्ञानिकहरूले विशेष गरी डरलाग्दो अवस्थामा रहेका गोही र कछुवाहरूका लागि तत्काल संरक्षण गर्न आह्वान गरेका छन् ।

वैज्ञानिकहरूका अनुसार सरीसृपहरूलाई संरक्षणमा लामो समयदेखि बेवास्ता गरिएको छ किनकी तिनीहरू भुत्ला र प्वाँख भएका प्राणीहरूभन्दा कम आकर्षक देखिन्छन् ।

अहिलेसम्म ३१ प्रजाति लोप भइसकेका छन् 

नेचरमा प्रकाशित उक्त अध्ययन कार्यका लागि रकम जुटाउन समस्या भएकाले अध्ययन सम्पन्न हुन १५ वर्षभन्दा बढी समय लागेको थियो ।

‘धेरै मानिसहरूका लागि सरीसृपहरू आकर्षक हुँदैनन् र संरक्षणका लागि ढाड तथा धेरै भुत्ला भएका र प्वाँखयुक्त प्रजातिहरूमा ध्यान केन्द्रित भएको देखिन्छ’, नेचरसर्भको अन्तर्राष्ट्रिय प्रकृति संगठनका डा। ब्रुस योङले भने ।

वैज्ञानिकहरूका अनुसार न्यून प्रचारबाबजुद चिसो रगत भएका र ढाड भएका प्राणीले जीवनको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छन् । 

 

Logo