निषेधाज्ञाको २१ औँ दिन : सार्वजनिक सवारी प्रयोग गर्न माग गर्दै धर्ना (भिडियो)

निषेधाज्ञाको २१ औँ दिन : सार्वजनिक सवारी प्रयोग गर्न माग गर्दै धर्ना (भिडियो)


काठमाडौं ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी गरिएको निषेधाज्ञाको आज २१ औं दिन पुगेको छ ।

निषेधाज्ञा जारी भएपछि पछिल्ला दिनहरुमा सडकमा सवारी साधनहरुको चहलपहल बढ्दो छ । मानिसहरुको आवतजावत पनि दिनप्रतिदिन बढ्दो देखिन्छ ।

प्रशासनले अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न अनुमति दिए पनि अटेरी गर्ने प्रवृति बढ्दो छ । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफूल ढुवानी गर्ने सवारी साधनहरु निषेधाज्ञाको समयमा पनि निर्वाध रुपमा सञ्चालनमा आएका छन् । साथै दैनिक उपभोग्य वस्तु बिहान ११ बजेसम्म र औषधि पसलहरु २४ सै घण्टा खुला रहेका छन् । भिडियोमा :

 

Skip This
Logo