शुक्रबारबाट नेपाली फिल्म ‘लक्का जवान’ प्रदर्शन हुने

शुक्रबारबाट नेपाली फिल्म ‘लक्का जवान’ प्रदर्शन हुने


नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिल्मको बारेमा जानकारी गराइएको थियो । 

हास्य कलाकार शिवहरी पौड्यालको डेब्यू निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ मा सरोज खनाल, प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल र स्वयं शिवहरी पौड्यालको मुख्य भुमिका छ । स्वर्गीय जयनन्द लामाको अन्तिम चलचित्र भनेर प्रचार गरिएको लक्का जवानमा सुरेन्द्र केसी, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अञ्जु महर्जन, नरेन्द्र कंशाकर लगायतको पनि अभिनय छ ।

फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । निर्देशक पौड्यालकै कथा र पटकथामा रहेको फिल्मलाई अन्सुया श्रेष्ठले निर्माण गरेकी छन् । ध्रुव वन्तको प्रस्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्म्सको ब्यानरमा बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् ।

Logo