प्रतिस्पर्धीले नै एक लाखको माला लगाइदिए

प्रतिस्पर्धीले नै एक लाखको माला लगाइदिए


स्थानिय निर्वाचनका उम्मेदवार आ आफ्नो चुनावी प्रचारमा रहेका बेला हुम्लाको ताँजाकोटमा भने फरक दृष्य देखिएको छ 

ताँजाकोटमा एक प्रतिस्पर्धीलाई अर्का प्रतिस्पर्धीले पैसाको माला लगाइदिएका छन् । त्यो पनि एक लाखको । गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार  बनेका लालकेश जैशीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका हुन् ।

अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सय वटा हजार दरका नयाँ नोटले बनेको माला लगाइदिएका हुन् । बागी उठेका खड्काले जैशीलाई नै सहयोग गर्ने भन्दै पैसाको माला लगाइदिएका हुन् ।

‘टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको, तर अहिले जनताले उम्मेदवारी फिर्ता लिन भनेकाले आफ्नो उम्मेदवारी निस्कृय गरेर, मेरो चुनाव चिन्ह गुलाफको फूल र चुनाव खर्च जैशीलाई हस्तान्तरण गरेको उनको भनाई छ । स्वतन्त्र उम्मेदवारी दिएका उनलाई निर्वाचन कार्यालयले गुलाफको फूल चुनाव चिन्ह दिएको थियो ।

ताँजाकोटमा माओवादीक जैशी र नेकपा एमालेका अजमल बुढाबीच प्रतिस्पर्धा हुने भएको छ । 

Logo