छैटौं संस्करणको आरबीबी–एनभीए भलिबल लिग : आज पाँच खेलहरु हुँदै

छैटौं संस्करणको आरबीबी–एनभीए भलिबल लिग : आज पाँच खेलहरु हुँदै


छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल लिग प्रतियोगिता अन्तर्गत आज पाँच खेलहरु हुँदैछन् । 

बिहीवार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने खेलमा महिलातर्फ दुई र पुरुषमा तीन खेलहरु हुनेछन् । महिलातर्फको पहिलो खेलमा बिहान ८ बजे एपीएफ क्लव र एभरेष्ट भलिबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै महिलातर्फकै दोस्रो खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लव र नेपाल पुलिस क्लवबीच १० बजे प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै पुरुषतर्फ पहिलो खेलमा गल्कोट स्पोर्ट्स क्लव र ढोरपाटन स्पोर्ट्स क्लवबीच मध्यान्ह १२ बजे प्रतिष्पर्धा हुँदैछ । दोस्रो खेलमा हेल्प नेपाल र नेपाल पुलिस क्लवबीच २ बजे र तेस्रो खेलमा एपीएफ क्लव र गण्डकी प्रदेशबीच ४ बजे खेल सुरु हुनेछ । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।

Logo