मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन

मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुने बताए।

प्रधानमन्त्रीले स्पष्ट गरे, “कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियो लगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नु पर्छ ।”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो अवसरमा प्राडा सुदर्शन नरसिंह प्रधान, डा पशुपति महत, प्रा डा सरोजप्रसाद ओझा, प्रा डा दिव्यासिंह शाह, डा रितेश थापा, डा सगुन पन्त, डा. अनन्त अधिकारी, डा फणीन्द्र बराल र डा रोशन पोखरेल लगायत विज्ञले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनु पर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गरेका थिए।

Logo