सवारी दुर्घटनामा परी स्पेनमा एक नेपालीको मृत्यु

काठमाडौं । स्पेनमा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ । स्पेनको बार्सिलोनामा नगरपालिकाको फोहोर बोक्ने गाडिसँगको ठक्करबाट साईकलमा सवार स्याङ्जाका पुजन कोईरालाको मृत्यु भएको हो ।

आईतबार राति ग्रान भिया र बाल्मेसको कर्नरमा स्याङ्जाको बिरुवा गाउँपालिका ६ चिन्ने घर भई दश महिनादेखि बार्सिलोनामा बस्दै आएका २२ वर्षका पुजनको मृत्यु भएको एनआरएन स्पेनका सल्लाहकार सन्तोष श्रेष्ठले जानकारी दिए ।

स्पेनमा वैधानिक नभई सकेका कोईराला गोल्भो नामक खाना डेलिभरी गर्ने कम्पनीमा प्रकाश पाण्डेको सहयोगमा काम गर्दै आएका थिए । उक्त घटनापछि एनआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोईरालाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाबारे दुःख व्यक्त गरेका हुन् । कोइराला जर्मन विद्यार्थी भिषामा एक वर्ष अघि यूरोप आएका थिए भने स्पेनको बार्सिलोनामा बैधानिक प्रक्रियाका लागी काम गरिरहेका थिए ।

सवारी दुर्घटनामा परी स्पेनमा एक नेपालीको मृत्यु