स्थानीय तह निर्वाचनमा २४ प्रतिशत मात्र युवा उम्मेदवार

स्थानीय तह निर्वाचनमा २४ प्रतिशत मात्र युवा उम्मेदवार


स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ। २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ।

वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका पुरुष १८ हजार ७८० र महिला १६ हजार ४८७ ले उम्मेदवारी दिएका हुन्। पुरुषको एकल प्रतिशत १२.९५ छ भने महिलाको एकल ११.३६ प्रतिशत हुन्छ।

त्यस्तै, ३६ देखि ५० वर्ष उमेर समूहमा उम्मेदवारको संख्या सबैभन्दा बढी छ। सो उमेर समूहको पुरुषमा ३९ हजार ६६९ र महिला २७ हजार ४९३ जना उम्मेदवार छन्। दुवैलाई जोड्दा ६७ हजार १६२ हुन्छ। प्रतिशतमा यो ४६ हो। पुरुषको प्रतिशत २७ हो भने महिलाको मात्र प्रतिशत १८.९५ हो।

सोहीअनुसार ५१ देखि ६५ वर्ष उमेर समूहको उम्मेदवार संख्यामा पुरुष २६ हजार ५१५ र महिला १० हजार ५३९ छ। दुवै जोड्दा यो संख्या ३७ हजार ५४ हुन्छ। प्रतिशतमा यो २५.५५ हो । पुरुषको मात्र १८ प्रतिशत हो भने महिलाको प्रतिशत ७ हो ।

त्यस्तै, ६५ भन्दा माथि उमेर समूहका उम्मेदवारको संख्या ५ हजार ५२७ छ। यसमा पुरुष ४ हजार ३५० र महिला उम्मेदवारकाे संख्या १ हजार १७७ छ। यसलाई प्रतिशतमा हेर्दा ३.८१ हुन्छ। त्यस्तै, पुरुषको मात्र प्रतिशत २.९९ हो भने महिलाको प्रतिशत ०.८१ छ। गोरखापत्रबाट

Logo