जनकनन्दनी गाउँपालिका अध्यक्षको निधन

जनकनन्दनी गाउँपालिका अध्यक्षको निधन


धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।

उनको ७० वर्षको उमेरमा निधन भएको हो । अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् । 

शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यकृया हुन नसकेको कार्कीले बताइन् । 

 

Logo