छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री

छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री


दाचुर्लाको उत्तरी क्षेत्रमा व्यास गाँउपालिका वडा नं. १ छाङ्गरु र तिंकर गाँउमा पनि निर्वाचन सामग्री पुर्याइएको छ ।

सो ठाँउमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पुर्याइएको हो । कालापानी नजिकको सीमा क्षेत्रको गाउँहरु छाङरु र तिंकर जान नेपाल तर्फबाट बाटो नहुँदा सो क्षेमा जान भारतीय प्रशासनको अनुमति लिनुपर्ने हुन्छ । सीमा क्षेत्रका बासिन्दाहरु भारतीय प्रशासनसँग अनुमति लिन बाध्य छन् ।

भारतले त्यस क्षेत्र सम्म पुग्नका लागि सडक पुगाएको भए पनि नेपाली क्षेत्रमा भने मान्छे हिड्न सक्ने बाटो समेत छैन । त्यस क्षेत्र पुग्ने बाटो निर्माणका लागि नेपाली सेना परिचालन गरेर व्यास गाउँपालिका वडा नं १ घाटिबगडमा ५ सय ५० मिटर चट्टानी क्षेत्रमा विस्फोट गरेर बाटो निर्माण गरिएको थियो । तर भारतीय सडक निर्माण र महाकाली नदीको बहावले नेपाल तर्फको बाटो ठाउँठाउँमा भत्किएको छ । 

 

Logo