कार्लोस अल्काराजले जिते मड्रिड ओपनको उपाधि

कार्लोस अल्काराजले जिते मड्रिड ओपनको उपाधि


उदाउँदो किशोर स्टार कार्लोस अल्काराजले पूर्वविजेता अलेक्जेन्डर भेरेभलाई फाइनलमा हराएर मड्रिड ओपनकाे उपाधिमा आफ्नो नाम लेखाएका छन् ।

१९ वर्षिय कार्लोसको यो दोस्रो मास्टर्स १००० उपाधि हो । फाइनलमा अलेक्जेन्डर भेरेभलाई अल्काराजले घरेलु दर्शक अघि ६-३ र ६-१ को सिधा सेटमा हराए । 

अल्काराज खेल अवधिभर क्ले कोर्टमा निकै आक्रामक देखिएका थिए। जहाँ उनले विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच र २१ पटकका ग्राडस्लाम विजेता नाडाललाई हराएर फाइनलसम्मको यात्रा तय गरेका थिए । फाइनलमा पूर्वविजेता तथा हाल विश्व नम्बर ३ खेलाडी अलेक्जेन्डर भेरेभलाई उनकै घरेलु समर्थकअघि अल्काराजले हराए ।  

अल्काराज १९९० पछि मास्टर्स १००० जित्ने किशोर खेलाडी बने । केही वर्ष अघिसम्म विश्व वरियतामा १२० औं स्थानमा रहेका अल्काराज आइतबारको जित पछि सिधैं विश्व वरियतामा छैटौं स्थान ओगट्न सफल भएका छन् । अल्काराजले मड्रिड ओपनसहित युरो (१० लाख ४१ हजार ५७०) अर्थात नेपाली १३ करोड ५८ लाख ५१ हजार ९७५ रुपैयाँ आफ्नो पोल्टामा पार्न सफल भए।      

Logo