देशभर १९० सक्रिय संक्रमित, आज ८ जनामा संक्रमण पुष्टि

देशभर १९० सक्रिय संक्रमित, आज ८ जनामा संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार २ नमूना परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३८ हजार ३५९ रहेको छ । 

Logo