कोशी अस्पतालमा एक वृद्ध सङ्क्रमितको मृत्यु

कोशी अस्पतालमा एक वृद्ध सङ्क्रमितको मृत्यु


विराटनगर ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा आज थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पौडेल थरका पुरुषको आज बिहान मृत्यु भएको केन्द्रमा मुख्य व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि शनिबार केन्द्रमा ल्याइएको थियो । ती वृद्ध भदौ ११ गते सङ्क्रमित भएका थिए भने नौ दिनदेखि होम आइसोलेसनमा बसिरहेको व्यवस्थापक बस्नेतले बताए । वृद्ध लामो समयदेखि उच्च रक्तचापबाट पीडित रहेका थिए ।

Logo