भारतीय प्रधानमन्त्री मोदी चढ्ने बुलेट प्रुफ ४ वटा काला गाडी जहाज चढेर भैरहवा ओर्लिए

भारतीय प्रधानमन्त्री मोदी चढ्ने बुलेट प्रुफ ४ वटा काला गाडी जहाज चढेर भैरहवा ओर्लिए


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी भ्रमणमा आउदै छन् । बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउन लागेका प्रधानमन्त्री मोदी चढ्ने बुलेट प्रुफ गाडी रूपन्देहीको भैरहवामा ओरालिएको छ । 

रसियन कार्गो हवाईजहाजमा राखेर ती ४ वटा काला रङ्गका गाडीलाई भैरहवा एअरपोर्टमा ओरालिएको हो । प्रधानमन्त्री मोदीको सुरक्षा दस्ता स्पेसल प्रोटेक्सन ग्रुप ले ती गाडीलाई बुधबार नयाँ दिल्लीबाट ल्याएको हो ।

यसैबीच बिहीवार साढे ११ बजे बुद्ध एयरको उडानबाट दुई हप्ताअगाडि रेक्कीमा आएर भारतीय राजदूतावाससङ्गको समन्वयमा सुरक्षा स्थिति अवलोकन गरिरहेका अधिकृत प्रसन्न श्रीवास्तवलगायत पाँच जनाको टोली भैरहवा गएको छ । उक्त टोली पनि लुम्बिनीस्थित पवन प्यालेस होटलमा बसेको छ । बुधबार पुगेको झण्डै चार दर्जन भारतीय सुरक्षाकर्मीहरूको टोली पनि त्यही होटलमा बसेका छन् । 
 

Skip This
Logo