आज कहाँ-कहाँ हुनसक्छ वर्षा ?

आज कहाँ-कहाँ हुनसक्छ वर्षा ?


आज स्थानीय तहको निर्वाचन । तर, मुलुकका केही क्षेत्रमा वर्षाको अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएकाे छ ।महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

 

Logo