श्रीमतीलाई मासु किन्न पठाएर भाञ्जीमाथि बलात्कार
File Photo

झापा । आफ्नै भान्जी बलात्कार गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् । शिवसताक्षी—११ स्थित दुधेबाट आफ्नै भाञ्जीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सहोदर मामालाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएका थिए । दुधेका ४१ वर्षीय मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भएको हो ।

बिहिबार बिहान घरमा कोही नभएको मौकाछोपी मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको बालिकाले बताइन् । ‘घरमा कोही पनि हुनुहुन्थ्यो, माइजुलाई पनि मासु किन्न पठाएर मामाले मलाई मुख थुनेर त्यस्तो गर्नुभयो’ किशोरीले भनिन् ।

स्थानीय विद्यालयमा अध्ययनरत ती बालिकाले साथीलाई रुँदै घटनाबारे सुनाएपछि उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय झिलझिलीका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले अभियुक्त मामालाई नै पक्राउ गरेको बताए ।

पीडितका बुबा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावक समेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षिकाले जाहेरी दर्ता गरेकी छन् ।

अभियुक्त पक्राउ परेसँगै वैदेशिक रोजगारीमा रहेकी पीडित बालिकाकी आमालाई समेत दबाब र प्रभावमा पारेर ‘मेडिकल टेष्ट’ र जाहेरी दर्ता नगर्न दबाब दिइरहेको पाइएको छ ।

दार्जिलिङ घर भएकी पीडित बालिका अहिले विद्यालय र प्रहरीको संरक्षणमा छिन् । ती बालिका विगत २ वर्षदेखि मावलमा बसेर अध्ययनरत थिइन् । मामाले यस अघि पनि चुम्बन गर्ने लगायतका शारीरिक दुव्र्यवहार गर्दै आएको पीडित बालिकाले बताइन् ।