देशभर यसरी हुँदै छ मतदान

देशभर यसरी हुँदै छ मतदान


स्थानीय तह निर्वाचनको मतदान देशभर विहान ७ बजेबाट सुरु भएको छ । 

केही स्थानमा बाहेक देशभर सौहार्दपुर्ण वातावरणमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। विहान ७ बजेबाट सुरु भएको  मतदान साँझ ५ बजेसम्म जारी रहने छ।

 ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी  ७५३  स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।
दोलखाको बैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले मतदानमा अवरोध गरेका छन् । 

देशभर बिहान ७ बजे मतदान सुरु भएको छ । तर ति स्थानमा भने अहिलेसम्म त्यहाँ मतदान सुरु हुन सकिरहेको छैन । उनिहरुले गएरातिदेखि नै बुथ कब्जा गर्न खोजेपछि मतदानमा समस्या भएको छ । कांग्रेसका कार्यकर्ताले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन् ।

कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन। उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ।

 

Logo