मोरङमा ११३ वर्षीया महेश्वरा अधिकारीद्वारा मतदान

मोरङमा ११३ वर्षीया महेश्वरा अधिकारीद्वारा मतदान


मोरङको सुन्दरहरैंचा नगरपालिका-७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेका छन् । 
    
अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेका छन् ।  निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए । अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरे । 
    
उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताए । नगरमा ७१ हजार ७५६ मतदाता रहेका छन् 

Logo