ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो

ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो


ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए ।  

उनले अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । मतदानस्थलमा बिहान भीडभाड देखिएपनि दिउँसो कम भएको सिवाकोटीले जानकारी दिए । अपराह्नपछि पुन मतदान केन्द्रमा मतदाता बढ्ने अनुमान गरिएको छ । 
 

Logo