#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341592321018792770988825430552
नेपाल778174982089156428

मनलाग्दो निर्णय गरेकाले पार्टी झन् कमजोर बन्यो- प्रकाशमान सिंह

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले मनलाग्दो निर्णय गर्ने गरेकाले जनताले बिश्वास गर्न छाडेको बताएका छन् ।

पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा बोल्दै उनले भने “अरु राजनीतिक दलले पूरा गर्न नसकेको दायित्व काङ्ग्रेसले पूरा गरेको छ तर मनलाग्दी आफूखुशी निर्णय गर्दै जाँदा पार्टी झन् कमजोर हुँदै गएको छ, जनताले विश्वास गरेका छैनन् ।”

पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताउँदै उनले पार्टी जनतामाथि समर्पीत नै रहने टिप्पणी गरेका हुन् । उनले पार्टी विधिसम्मत् रुपमा अगाडि बढाउने पर्ने बताएका छन् ।

वर्तमान सरकारले सङ्घीयता कमजोर पार्न खोजेको आरोप लगाउँदै पूर्व उपप्रधानमन्त्री सिंहले प्रस्तुत बजेटसमेत सङ्घीयता मजबुत बनाउने खालको नभएको टिप्पणाी गरेका छन् ।

सम्बन्धित समाचारहरु