स्थानीय तह निर्वाचन : १६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित

स्थानीय तह निर्वाचन : १६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित


स्थानीय तह निर्वाचनमा देशभरका ७७ केन्द्रमा मतदान स्थगित भएको छ । 

निर्वाचन आयोगको राति १० बजेसम्मको तथ्यांकअनुसार १६ जिल्लाका २८ पालिकाका ४३ मतदान स्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो । 

 मतदान स्थगित भएका स्थानहरुमा पुनः मतदानको मिति र समय यथाशीघ्र तोक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले देशभर ६४ प्रतिशत मत खसेको समेत जनाएको छ।  

स्थानीय पालिकामा नयाँ नेतृत्वका लागि शुक्रबार विहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदानको समय दिइएको थियो । तर समयमै मतदान स्थल पुगेका कतिपय स्थानमा राति ९ बजेसम्म पनि मतदान भएको थियो । 

Skip This
Logo