सोलुखुम्बुमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एकको मृत्यु

सोलुखुम्बुमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एकको मृत्यु


सोलुखुम्बुको सोताङ गाउँपालिकामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । 

वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्धा महिलाको मृत्युपछि शुक्रबार साँझ कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दमको विरामी ती वृद्धाको शुक्रबार साँझ नै मृत्यु भएको थियो । मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो । तर मतदान गरिसकेपछि भने घर पुर्‍याउन बेवास्ता गरेको कारण वृद्धाको  मृत्यु भएको कांग्रेसका कार्यकर्ताले आरोप लगाएपछि दुई समूह बीच विवाद बढेको थियो । 

 

Logo