प्रदेश नं. १ : मुख्यमन्त्रीलाई दलितकी छोरी बिहे गर्न प्रस्ताव

खोटाङ,

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बिहेको प्रस्ताव आएको छ। प्रदेशस्थित नेकपाका नेता कार्यकर्ताले राईलाई दलितकी छोरीसँग बिहे गरेर छुवाछुतमुक्त प्रदेश निर्माण अभियानको शुभारम्भ गर्न सुझाव दिएका हुन् ।

‘छुवाछुतमुक्त समाज निर्माणका लागि एक नम्बर प्रदेशको अभियान’ अन्तर्गत शनिबार खोटाङमा आयोजित कार्यक्रममा हालसम्म अविवाहित रहेका मुख्यमन्त्री राईको विहेको प्रसंग उठेको हो ।

छुवाछुतमुक्त समाज निर्माणका लागि उत्प्रेरणा जगाउन स्वास्थ्य कार्यालयसँगको सहकार्यमा जिल्ला समन्वय समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजना गरेको सहभोज कार्यक्रममा नेकपा सम्बद्ध दलित अगुवाले मुख्यमन्त्री राईको विवाहको कुरा चलाएका हुन् ।

‘प्रदेशले छुवाछुतमुक्त समाज निर्माण गर्ने अभियान थालेको छ। यस अभियानलाई सफल बनाउने हो भने मुख्यमन्त्रीले आफैंबाट सुरुवात गर्नुपर्छ । उहाँले दलितको छोरीसँग बिवाह गर्नुपर्छ’, जिसस सदस्य चर्च बहादुर विश्वकर्माले भने, ‘बरु कलिया (लमी) गर्न परे म आफैं गरौंला ।’