कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता


कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो । वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिए ।
 
उपप्रमुखमा नेकपा (एमाले)का शान्ता थापा अगाडी रहेको उनले बताए । नगरपालिकामा कांग्रेस-नेकपा (माओवादी केन्द्र)को गठबन्धन छ । एमाले र नेकपा (एकीकृत समाजवादी) भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।
  
नौ वटा वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो । एमालेबाट विजयी कृष्णहरि थापा समाजवादीमा लागेका छन् । उनि यो निर्वाचनमा पनि समाजवादीबाट प्रतिस्पर्धामा रहेका छन्।

Logo