भरतपुरमा रेनुको अग्रता, पछि परे विजय

भरतपुरमा रेनुको अग्रता, पछि परे विजय


भरतपुर महानगरपालिकामा रेनु दाहाल अघि लागेकी छिन् । तीन सय ५० मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ सय ३३ मत ल्याएकी छिन् ।

एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ सय २७ ल्याएका छन् । जगन्नाथ पौडेलेले ४१ मत ल्याएका हुन् । अहिले तीन वटा मतगणना केन्द्रबाट गणना भइरहेको छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेको थियो ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् । महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८।६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् । भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।

Logo