६ महानगरपालिका, जहाँ यी उम्मेदवारको छ अग्रता

६ महानगरपालिका, जहाँ यी उम्मेदवारको छ अग्रता


स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणना भइरहेको छ। देशभरका ६ महानगरमध्ये अहिले काठमाडौँ, ललितपुर, भरतपुर र विराटनगर महानगरपालिकामा मतगणना जारी छ। पोखरामा मतगणना सुरू भए पनि परिणाम भने आइसकेको छैन । वीरगञ्ज महानगरपालिकामा भने मतगणना सुरू हुन सकेको छैन । 

हालसम्म प्राप्त विवरणअनुसार १ महानगरमा स्वतन्त्र, दुई महानगरमा कांग्रेस र एक महानगरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । यद्यपी यो प्रारम्भिक मतपरिणाम हो। 

काठमाडौँ महानगरमा अहिले वडा नम्बर १, २ र ३२ वडामा मत गणना भइरहेको छ। जसअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम गरेका छन् । उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् भने स्थापितलाई गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छिन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले नेकपा एसका रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अग्रता कायम गरेकी छिन् । 

त्यस्तै भरतपुर महानगरपालिकामा सुरुवातीमा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेपछि अहिले भने माओवादीका उम्मेदवार रेनु दाहालले उछिनेकी छिन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई राप्रपाकी हिमला गुरुङले पछ्याइरहेकी छिन्। भरतपुरमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन छ। 

ललितपुरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम गरेका छिन्। उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले पछ्याइरहेका छन् । उपमेयरमा एमालेकी मञ्जली शाक्यले अग्रता कायम गरेकी छिन् । उनलाई माओवादीका बाबुराज बज्राचार्यले छ्याइरहेका छन् । ललितपुरमा कांग्रेस, माओवादी र नेकपा एसबीच चुनावी गठबन्धन छ । 

यसैगरी विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइरालाले अग्रता कायम गरेका छन् । उनलाई एमालेका सागर थापाले पछ्याइरहेका छन् । उपमेयरमा एमालेकी शिल्पा कार्कीले अग्रता कायम गरेकी छिन् भने उनलाई जसपाका अमरेन्द्र यादवले पछ्याइरहेका छन्। विराटनगरमा कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच गठबन्धन छ।

Skip This
Logo