कैलालीका ६ पालिकामा गठबन्धनको अग्रता

कैलालीका ६ पालिकामा गठबन्धनको अग्रता


कैलालीका १३ मध्य ६ पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लगेका छन् ।कैलाली गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारको अग्रता छ । यसैगरी चुरे गाउँपालिकामा गठबन्धनबाट नेकपा एसको अग्रता रहेको छ । यसैगरी गौरिगंगा नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ । 

यसैगरी लम्कीचुहा नगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । घोडाघोडी नगरपालिकामा गठबन्धनबाट नेकपा एसका उम्मेदवारको अग्रता रहेको छ । जानकी गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

कैलालीको दुई स्थानीय तह बर्दगोरिया गाउँपालिका र भजनी नगरपालिकामा एमालेका उम्मेदवारको अग्रता रहेको छ । 

यसैगरी कैलारी गाउँपालिकामा राप्रपाका उम्मेदवारको अग्रता रहेको छ, भने टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा रेसम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको अग्रता रहेको छ । 

सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढी उप महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ । कैलालीको मोहन्याल गाउँपालिकामा भने मतपेटिका संकलन कार्य भइरहेको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

Logo