#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18827433707039611271612007678
नेपाल2139060617415156

खगेन्द्र लामिछानेको ड्रिम प्रोजेक्ट ‘पानीफोटो’ बन्दै

नायक खगेन्द्र लामिछाने अब निर्देशक बन्ने भएका छन् । पशुपति प्रसाद, धनपति जस्ता खाँट्टि नेपाली स्वाद बोकेका चलचित्रहरुमा अभिनय गरेका उनले चलचित्र ‘पानीफोटो’को निर्देशन गर्ने भएका हुन् ।

‘द टलक जंग भर्सेस टुल्के’बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका उनले नेपाली लोकल मसला मिसिएका चलचित्रहरुमा अभिनय गर्ने गर्थे । उनले अहिलेसम्म कुनै पनि चलचित्रमा निर्देशकको भूमिका निर्वाह गरेका थिएनन् । तर, अब भने उनकै निर्देशनमा चलचित्र ‘पानीफोटो’ निर्माण हुने भएको हो ।

चलचित्रमा निर्देशकको भूमिकामा नरहे पनि उनले नाटकमा भने निर्देशकको भुमिका निभाईसकेका छन् । चर्चित कलाकारको रुपमा परिचित लामिछाने एक लेखक पनि हुन् । उनले निदेशन गर्न लागेको चलचित्र पानी फोटोको निर्माण भने रोजिना सिटौला र रबिन्द्र वज्राचार्यले गर्ने भएका छन् । चलचित्र पानी फोटो १५ वर्षअघि वेपत्ता भएको आफ्नो छोरोको पर्खाईमा बसेका बाआमाको कथामा आधारित भएर बन्न लागेको छ ।

स्वयं लामिछानेद्वारा नै लेखिएको यस कथा लामिछानेकै नाटक ‘पानीफोटो’ बाट अनुरुपण गरिएको हो । चलचित्रमा सुनिल पोखरेल, निशा शर्मा, अनुप बराल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग,बुद्धि तामाङ, कमलमणि नेपाल,आशान्त शर्मा र श्याम कुमार खड्कासहितका कलाकारहरुले अभिनय गर्ने भएका हुन् ।

उनको यो ड्रिम प्रोजेक्ट हो । उनले आफ्नो सपनालाई पुरा गर्न चलचित्रमा लागेपछिका अनुभवहरुलाई सदुपयोगका साथ बनाउने बताएका छन् । उनले निर्देशन गर्न लागेको चलचित्र ‘पानीफोटो’ आफ्ना आशाहरुलाई जीवन्त राख्ने मानिसहरुका लागि सन्देशमुलक चलचित्र बन्ने निर्माता रोजिना सिटौलाको आशा छ । त्यस्तै अर्का निर्माता रबिन्द्र बज्राचार्यले पनि सामाजिक कथा वस्तुमा रहेको चलचित्र बनाउने ईच्छा अब पुरा हुन लागेको बताएका छन् ।

आगामी भदौबाट चलचित्र ‘पानीफोटो’को छायांकन शुरु हुने भएको छ । यस चलचित्रको छायांकन काठमाण्डौ, चितवन, स्याङ्जा र रोल्पामा हुने भएको हो । दीपक बज्राचार्यले चलचित्र ‘पानीफोटो’को छायांकन गर्दैछन् भने निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्ने भएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार