भक्तपुरकाे मध्यपुर थिमिमा कांग्रेसकाे विजयी सुरुवात, सूर्यविनायकमा पनि अग्रता

भक्तपुरकाे मध्यपुर थिमिमा कांग्रेसकाे विजयी सुरुवात, सूर्यविनायकमा पनि अग्रता


मध्यपुर थिमि नगरपालिका वडा नं १ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका बाबुकाजी डंगोल १७ सय ६ मतसहित विजयी भएका हुन् । वडाको सबै प्यानलमा कांग्रेसका उम्मेदवार विजयी  भएका छन् ।

मध्यपुर थिमि  र सूर्यविनायक नगरपालिका प्रमुखमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । 

मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को सबै ३ हजार ५ सय ८ मत गणना हुँदा  नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले १८ सय ५ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले १२ सय ६७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले १४ सय ८७ मत प्राप्त गरेकी छन् । त्यसैगरी  गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ११ सय ८४ मत ल्याएका छन् ।

उता सूर्यविनायक नगरपालिकाको वडा नं १ को १६७६ मत गणना हुँदा कांग्रेसका निसान ढुँगेलले अग्रता कायम राखेका छन् । कांग्रेसका ढुंगेलले ७२९ मतसहित अग्रता कायम राख्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार वासुदेव थापाले ६०८ मत पाएका छन् । 

उपप्रमुखमा एमालेकी सरिता भट्टराईले ७१२ मत पाएकी छिन् भने राप्रपाका उमेदवारले ३५१ र नेकपा एसका श्यामसुन्दर बस्नेतले ३४८ मत पाएका छन् । 

Logo