बर्दिबास-७ मा वडाध्यक्षमा गठबन्धनका बागी विजयी, १ मतले हारजित

बर्दिबास-७ मा वडाध्यक्षमा गठबन्धनका बागी विजयी, १ मतले हारजित


बर्दिबास नगरपालिका-७ को वडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेका सोगारथ यादव १ मतान्तरले विजयी भएका हुन् । 

निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाका अनुसार यादवले ७२७ मत ल्याउँदा माओवादी केन्द्रका सुरेन्द्र सिंहले ७२६ मत पाए ।

अन्य वडाको मतगणना जारी छ । प्रारम्भिक विवरण अनुसार मेयरमा कांग्रेसका अर्का बागी प्रह्लाद क्षेत्री १ हजार ५५४ मतसहित अगाडि छन् । 

Logo