काभ्रेको मण्डनदेउपुरमा कांग्रेसको विजयी सुरुवात

काभ्रेको मण्डनदेउपुरमा कांग्रेसको विजयी सुरुवात


काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेपाली कांग्रेसले जितको सुरुवात गरेको छ। 

हाल वडा नम्बर १ र २ मा गणना भइरहेको मध्ये प्राप्त पछिल्लो जानकारी अनुसार वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्लको टिमले जित हात पारेको हो। यसको औपचारिक घोषणा हुन बाँकी छ । 

यस्तै वडा नम्बर १ को गणना जारी छ । यहाँ एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । वडा नं १ को १९७८ मध्ये १८०० मत गन्दा वडाध्यक्षमा एमालेले ५७४ र कांग्रेसले ५५५ मत पाएका छन् । 

मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा अगाडि छन् । उनलाई एमालेका विदुर सापकोटाले पछ्याइरहेका छन्। 

यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले अग्रता कायम गरेका छन् । एमालेकी सरिता ढकालले उनलाई पछ्याइरहेकी छिन् । 

Logo