विप्लब माओबादीद्वारा प्रहरी चौकी कब्जा प्रयास

प्रतिवन्धित नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको छ ।

आइतबार राति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने खोजेको हो । मध्यराति करिव ३० जनाको समुहमा आएका कार्यकर्ता चौकी पुगेका थिए। मध्यान्न १२ बजे देखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।

तर, चौकी कब्जा गर्न खोजेको कुरा थाहा पाउने बित्तिकै प्रहरी हतियार सहित बाहिरी सकेकाले कुनै अप्रिय घटना हुन् पाएन । चौकीमा ७ जना प्रहरी कार्यारत थिए ।
महाकुलुङ क्षेत्रमा केहि दिन देखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ ।

अहिले  प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली सो क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेका छन् । घटना जिल्ला सदरमुकाम सल्लेरी देखि करिब २५ कोश टाढाको गाउँ छेस्काममा भएको हो ।

अहिले जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले बैठकपछि आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी भैरहेको बताए ।