मकवानपुरमा पहिलो महिला वडाध्यक्ष

मकवानपुरमा पहिलो महिला वडाध्यक्ष


मकवानपुर जिल्लामा स्थानीय निर्वाचन- २०७९ अन्तर्गत पहिलो महिला वडाध्यक्ष विजयी भएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका-१० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडाध्यक्षमा निर्वाचित भएकी हुन् । वाइवा निकटतम प्रतिस्पर्धी एमालेका कमलकुमार घलानलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।  

वाइवाले ६२९ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३७५ मत पाएका हुन् । उनी मकवानपुरमै पहिलो निर्वाचित हुने वडाध्यक्ष हुन् ।

Logo