कास्कीको माछापुच्छ्रेमा बहुमतसहित कांग्रेस विजयी

कास्कीको माछापुच्छ्रेमा बहुमतसहित कांग्रेस विजयी


यसअघि एउटा वडा मात्रै जितेको कांग्रेसले अहिले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सात वडा जितेको छ ।

अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङ निर्वाचित भएका हुन् । उनी नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

मीनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरे भने विक्रमले ५ हजार ५ सय १५ प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले एमालेकी सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजित गरिन् । अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरिन् ।

माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसले ७ वटा वडा जितेको छ । वडा नम्बर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिचन्द्र लम्साल, ४ मा मधुसूदन अधिकारी, ५ मा नारायणप्रसाद पौडेल, ८ मा राम गुरुङ र ९ मा हरिबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

वडा नम्बर ६ मा नेकपा एमालेका टेकनाथ गौतम र ७ मा नेकपा माओवादी केन्द्रका वैकुण्ठ प्रसाद भण्डारी निर्वाचित भएका छन् । यसअघि यहाँ अध्यक्ष, उपाध्यक्ष र ८ वडा एमालेले जितेको थियो ।

Logo