पूर्वमन्त्री गोकुल बास्काेटाकाे वडामा एमालेको प्यानलै विजयी

पूर्वमन्त्री गोकुल बास्काेटाकाे वडामा एमालेको प्यानलै विजयी


पूर्वमन्त्री एवं सांसद गोकुल बास्काेटाकाे वडामा एमालेको प्यानलै विजयी भएको छ। काभ्रेको मण्डनदेउपुर-४ मा एमालेबाट वडाध्यक्ष मैतेसिंह तामाङको सिंगो टिम विजयी भएको हो ।

उनी ६ सय २३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ४ सय ६८ मत पाए ।  कांग्रेसका उम्मेदवारले २ सय ७५ मात्र मत पाएका छन् ।

मेयरका उम्मेदवारसमेत रहेका एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टेकबहादुर बाइवाको गृह वडा पनि हो, यो ।

तर, उनले यो वडाबाट ५ सय ७३ मत मात्र पाउँदा एमालेबाट मेयरका उम्मेदवार विदुर सापकोटाले ७ सय १७ मत पाएका छन् । नगरपालिकामा मतगणना जारी छ ।

हालसम्म वडा नम्बर १,२,३ र ४ मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेको छ। वडा नम्बर १ र ४ मा एमाले र २ र ३ मा नेपाली कांग्रेसले जित हात पारेका छन्। अहिले वडा नम्बर ५ र ६ को मतगणना जारी छ ।

Logo