पोखरामा ५ सय मतले धनराजको अग्रता

पोखरामा ५ सय मतले धनराजको अग्रता


पोखरामा सत्ता गठबन्धनका उम्मेदवारले मेयर र उपमेयर दुवैमा अग्रता लिएका छन् । १२ हजार ९७ मतगणना हुँदा मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले ४८४८ मत पाएका छन् । 

उनलाई पछ्याइरहेका एमालेका कृष्णबहादुर थापाले ४३५२ मत पाएका छन् । राप्रपाका शंकर खरालले ६ सय ४१ तथा अटेरी समूहका गनेस पौडेलले ३ सय ११ मत पाएका छन् । 

मेयरमा ४ सय ९६ मतले गठबन्धनका उम्मेदवार आचार्य अगाडि रहँदा उपमेययरमा भने झिनो मतान्तर छ । 

कांग्रेसकी कोपिला रानाभाटले ४९९३ मत पाउँदा एमालेकी मञ्जुदेवी गुरुङले ४९८० मत पाएकी छन् । उपमेयरमा १३ मतले मात्रै गठबन्धन अगाडि छ । 

यसअघि उपमेयरमा एमाले अगाडि रहेकोमा अहिले गठबन्धनकी रानाभाटले अग्रता खोसेकी हुन् । 

Logo