#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1221196255315345558627102947
नेपाल165313586057891

सरकारले गर्‍यो २६ जना सीडीओको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको गृह मन्त्रालयले जनाएको छ । गृहले मंगलबार रुपन्देहीमा कार्यरत उद्धवबहादुर रानामगरको काभ्रे सरुवा गरेको छ । कपिलवस्तुमा कार्यरत अर्जुनप्रसाद पोखरेलको रुपन्देही सरुवा भएको छ ।

गोरखामा कार्यरत गजेन्द्रबहादु श्रेष्ठको कपिलवस्तु, सर्लाहीमा कृष्णबहादुर राउत, नुवाकोटमा द्रोण पोखरेल सरुवा भएका छन् । नुवाकोटमा कार्यरत उद्धवबहादुर थापाको गृह मन्त्रालय, नुवाकोटमा द्रोण पोखरेल, सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितको तनहुँ, गोपालकुमार अधिकारीको सिरहा, डोटीमा टेकनारायण पौडेल, सिन्धुलीमा जनार्दन गौतम, ध्रुवबहादुर खड्का उदयपुर सरुवा भएका छन्।

उपसचिव (सहायक प्रमुख जिल्ला अधिकारी) हरू मध्ये रुपन्देहीमा शम्भुप्रसाद रेग्मी, पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, गोरखामा देवेन्द्र लामिछानेको सरुवा भएको छ ।

सम्बन्धित समाचारहरु