धनगढीमा स्वतन्त्र उमेदवार गोपाल हमाल दोब्बर मतले अघि

धनगढीमा स्वतन्त्र उमेदवार गोपाल हमाल दोब्बर मतले अघि


धनगढीमा मेयर पदका उमेदवार गोपाल हमाल करिब दोब्बर मतले अघि देखिएका छन् ।अहिलेसम्म ११ हजार १२९ मत गणना भएको छ । जसमध्ये उनले ४ हजार ९६४ मत प्राप्त गरेका छन् भने कांग्रेसका नृपबहादुर वडले २५९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १२१२ मत प्राप्त गरेका छन् ।उपमेयरमा माओवादीकी शान्ति अधिकारी अघि देखिएकी छन् । उनले २२७३ मत प्राप्त गरेकी छन् भने एमालेकी कन्दकला रानाले २०९४ मत ल्याएकी छन् भने स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले १३४२ मत ल्याएका छन् ।
 

Logo