पोखरामा गठबन्धनका धनराज र कोपिलाको अग्रता कायम

पोखरामा गठबन्धनका धनराज र कोपिलाको अग्रता कायम


पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यलाई १ हजार ५ सय बढीको अग्रता मिलेको छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ५ सय ५७ पु¥याएका हुन् ।

हालसम्म २४ हजार ६ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले १० हजार १ सय ५७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ८ हजार ६ सय मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ६१ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ५ सय ८६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ७ सय ५५ पु¥याएकी छन् । रानाभाटले १० हजार ५ सय २१ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले ९ हजार ७ सय ६६ मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले ६ सय १७ मत प्राप्त गरेकी छन् ।

Logo