पोखरामा धनराजको अग्रता कायम

पोखरामा धनराजको अग्रता कायम


     
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यलाई १ हजार ५ सय बढीको अग्रता कायम छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ५ सय ३४ पु¥याएका हुन् ।

हालसम्म २६ हजार २ सय १० मत गणना सम्पन्न हुँदा आचार्यले १० हजार ९ सय ३९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ९ हजार ४ सय ५ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार १ सय ९९ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ६ सय २६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङसँग बीचको मतान्तर ५ सय ५५ छ । रानाभाटले ११ हजार २ सय ५४ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले १० हजार ६ सय ९९ मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार १२ मत प्राप्त गरेकी छन् ।

Skip This
Logo