इटहरीका मेयरले मानसिक सन्तुलन गुमायो, बर्खास्त गर- परशुराम बस्नेत

नेकपा मोरङका जिल्ला कमिटी सदस्य परशुराम बस्नेतले इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले मानसिक सन्तुलन गुमाएको भन्दै बर्खास्त गर्न माग गरेका छन् ।

पत्रकारसंगको विवादमा मेयर चौधरीले अनावश्यकरुपमा आफ्नो नाम  जोडेको भन्दै नेता बस्नेतले अराजक जनप्रतिनिधीलाई राज्य र पार्टी दुबैबाट कारबाही गरिनुपर्ने बताएका हुन्। ‘यदि मेरो साइनो सम्बन्ध बेगर नै नाम जोडेर पत्रकारलाई धम्क्याउने काम मेयर सा’पले गरेको हो भने उहाँले मानसिक सन्तुलन गुमायको हुनुपर्छ । यस्ता अराजक जनप्रतिनिधीलाई राज्य र पार्टी दुबैबाट कार्बाही गरि बर्खास्त समेत गर्न जोड्दार माग गर्दछु।’ बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन्।

मेयर चौधरीले पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँचिदिने भन्दै धम्क्याएका थिए।  यसै सन्दर्भमा मंगलबार साँझ एक टिभी कार्यक्रममा कुरा गर्दै मेयर चौधरीले पत्रकारको हड्डी भाँच्न एक करोड रुपैया छुट्याएको र बस्नेतलाई सुपारी दिएको बताएका थिए।