दाईले गरे बहिनीको अपहरण, दुईवटा एम्बुलेन्स ‘रिजर्भ’, २ लाखको लोभले हिरासतको बास

दाईले गरे बहिनीको अपहरण, दुईवटा एम्बुलेन्स ‘रिजर्भ’, २ लाखको लोभले हिरासतको बास


दुई लाख रुपैयाँ हात पार्न दाईले बहिनीको अपहरण गरेको सुन्दा अनौठो लाग्न सक्छ तर यो सत्य हो।

घटना मोरङको पथरीशनिश्चरे नगरपालिकाको हो। नातामा दाई पर्ने २१ वर्षीय सुजन रणपहेलीले १४ वर्षीया बहिनीको अपहरण गरेका हुन् ।ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीका अनुसार २ लाख रुपैया हात पार्न उनले बहिनीलाई नै अपहरण गरेका हुन् ।

अपहरणमा परेकी बालिकालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा साँगा भञ्ज्याङबाट भदौ १७ गते उद्धार गर्दै घटनामा संलग्नलाई पक्राउ गरिएको उनले बताए।

घटनामा सुजनसंगै सुनवर्षी नगरपालिका-६ का ३७ वर्षीय पूर्ण तामाङ र पथरीशनिश्चरे-६ का २२ वर्षीय रोमन आचार्य संलग्न रहेका थिए।यसक्रममा प्रहरीले अपहरणमा प्रयोग गरिएका को २ च २८८२ र को २ च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स पनि नियन्त्रणमा लिएको जनाएको छ।

साँगा भञ्ज्यांङबाट उद्धार र पक्राउ गरिएका उनीहरू गत बिहीबार पथरीशनिश्चरे ल्याएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

भदौ १६ गते मंगलबार बिहान बालिका घरबाट बेपत्ता भएकी थिइन्।अभिभावकले दिउँसो प्रहरीमा हुलियासहितको निवेदन दिएपछि खोजी गर्ने क्रममा उनीहरू काभ्रेमा फेला परेको प्रहरीले जनाएको छ ।

Logo