काठमाडौं महानगर अपडेट : मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

काठमाडौं महानगर अपडेट : मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै


काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका स्वतन्त्र उम्मेदवार बालेन साह पछिल्लो अवस्थामा पनि अगाडि नै छन्।

उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले १६ हजार ७७५ मत पाएका छन्।

यस्तै दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८ हजार ७२६ मत ल्याएका छन्। बालेनले स्थापितसँग ८ हजार ४९ मतको अग्रता लिएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७ हजार ८३३ मत ल्याएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर, ४, ६, ७, २८ २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। अघिल्लो जस्तै यी वडामासमेत बालेनले अग्रता कायमै राखेका हुन्।

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगाेलकाे अगता कायमै छ । उनले हालसम्म १६ हजार ९२ ल्याएकी छिन् ।

Logo