‘जाइरा’ को टिजर सार्वजनिक कार्यक्रममा जब नम्रता बोलिन… (भिडियोमा)

गते बाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जाइरा’ को टिजर सार्वजनिक भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छिन् । यो चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दाससहित नव कलाकारहरु सृजना रेग्मी, सुजाता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । चलचित्रमा नव अभिनेत्री सृजना रेग्मी खेलाडीको रुपमा रहेकी छिन् भने नव अभिनेता सम्राट मगर नम्रताको कोचको भूमिकामा देखिएका छन् ।

पत्रकार सम्मेलनमा चलचित्रकी नायिका नम्रता श्रेष्ठले एउटा मार्शल आर्टिस्टको बदलाको कथामा चलचित्र बनेको बताइन् । ‘मार्शल आर्टिस्ट जस्तो देखिनको लागी मैले धेरै नै मिहेनत गर्नुपर्यो । शारीरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन मैले आफ्नो कपाल समेत काटेकी थिए ।’ उनले भनिन् ।

त्यस्तै निर्देशक आशुतोष राज श्रेष्ठका अनुसार चलचित्रमा प्रमुख भूमिका निभाउने नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट्स खेलाडी हुन् । मिक्स मार्शल आर्ट्स ‘जाइरा’ को कथाको प्रमुख प्लट भने नभएको उनको भनाइ छ ।  ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो चलचित्र कटामरि फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेण्ड्सेटर्स प्रा.लि. को प्रस्तुतिमा बनेको हो ।

प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ लाइ लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लिविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङ्गको छ । यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।