#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341565871018789771063825427160
नेपाल778174982089156428

विधेयक प्रमाणिकरणमा गम्भीर लापरबाही

काठमाडौं,
बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रमाणिकरण गर्दा गम्भीर त्रुटी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण गर्दा त्रुटी भएपछि कार्यान्वयनमा समस्या आएको छ । ‘पहिलेको ड्राफ्ट र संशोधन भएको विषय पनि प्रमाणिकरण भएर आयो । यसले समस्या भयो’, राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले भने ।

शिक्षण संस्थाको नियमन गर्न र चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन चिकित्सा शिक्षा आयोग स्थापना गरिने राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ मा उल्लेख छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) द्वारा प्रदान गरिएको औपचारिक प्राज्ञिक सम्बन्धनमा प्रश्न उठ्ने भएको छ ।

‘सर्टिफिकेट भन्दा तलको कार्यक्रम फेज आउट गर्ने विषय उठेको थियो । चिकित्सा आयोगमा लैजाने र आयोगले मापदण्ड बनाइ फेजआउट र स्तरोन्नति गर्ने भन्ने आयोगले नै निर्णय गर्छ भन्ने थियो । संशोधन पनि प्रमाणिकरण भयो’, मन्त्री पोखरेलले भने ।

प्रतिनिधिसभाले गत माघ ११ गते विधेयक पारित गरेको थियो । राष्ट्रियसभाले संशोधन बिना माघ १७ गते विधेयक पारित गरेको थियो । राष्ट्रपति भण्डारीले फागुन १० गते यो विधेयक प्रमाणिकरण गरेकी थिइन् । पारित विधेयक संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा पठाउँदा दुईवटै पठाएको आशंका छ ।संघीय संसद् सचिवालयबाट विधेयक पठाउँदा वा राष्ट्रपति कार्यालयबाटै त्रुटी भएको हुनसक्छ राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले भने ।

‘संसद् सचिवालयबाट दुईवटा पठाइएको भए संसद्को त्रुटी हो। राष्ट्रपति कार्यालयबाट दुईवटै प्रमाणिकरण भएको हो भने राष्ट्रपति सचिवालयको त्रुटी हो । जहाँबाट भएपनि यो अक्षम्य, गम्भीर र दण्डनीय लापरवाही हो’, वरिष्ठ अधिवक्ता समेत रहेका बिडारीले भने ।
अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु