रुपन्देहीको देवदहमा मेयर उपमेयर दुवै पदमा एमाले विजयी

रुपन्देहीको देवदहमा मेयर उपमेयर दुवै पदमा एमाले विजयी


रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ। नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन्।

एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन्।

खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए । खरेलसँग पराजित भएका नेपाली कांग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरि नगर प्रमुख निर्वाचित भएका थिए।

त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन्। २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी छन् । 

४८ हजार २९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७८४ मत पाउदा गिरीले सात हजार २९० मत पाइन् ।

Logo