मध्यपुरमा उम्मेदवार छान्र जानेनौं : महेश बस्नेत

मध्यपुरमा उम्मेदवार छान्र जानेनौं : महेश बस्नेत


नेकपा एमालेका नेता महेश बस्नेतले एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको वितृष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको बताएका छन् । बुधबार अन्तर्वार्तामा उनले एमालेप्रतिको वितृष्णाले नभई मदनसुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको दाबी गरे । उनले भने, यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो।

‘मैले त उम्मेदबारी दिंदा नै मदनसुन्दरलाई नदोहर्‍याऔं बरु प्रदेश सभामा पछि उठनुस् भनेका थिएँ, उनले भने, मनदसुन्दरले जिद्दी गर्नुभयो । यसैको परिणाम एमालले हार व्यहोर्नु  परेको छ ।’ 

मध्यपुर थिमि नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यस पटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा पराजित भए। जिल्लामा मदनसुन्दर महेश बस्नेतविरुद्धको समूहका मानिन्छन्।   
 

Logo